माइतीघरमा जेनजी प्रर्दशन
काठमाडौं । काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका ‘जेनजी’लाई नियन्त्रणमा लिएर लैजाने प्रहरीको प्रयास सफल भएन । प्रहरीले धेरै बलजफ्ती पनि गरेन । प्रदर्शनमा उत्रिएका केही जेनजीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मिराज ढुंगाना, डा= निकोलस भुसाललगायत जेनजीलाई प्रहरीले नियन्त्रणमा लिएर लैजान खोजेको थियो । तर, उनीहरूले प्रहरीको गाडीमा बस्न मानेनन् । भीडले नाराबाजी गर्यो । त्यसपछि प्रहरीले उनीहरूलाई तत्कालै छाड्यो । त्यहाँ आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई अनुमति दिएको थिएन । अनुमतिविपरीत प्रदर्शनमा उत्रिएकाले हटाउन खोजिएको प्रहरीले जनाएको छ ।
















