प्रधानमन्त्रीको राजीनामा माग्दै जेनजीको राँके जुलुस
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै जेनजीको एक समूहले शुक्रबार माइतीघरमा राँके जुलुस निकालेको छ । संयुक्त जेनजी आन्दोलनका युवाले राँके जुलुस निकालेका हुन् । उता निकोलस भुसालको अनसन जारी छ । प्रहरीले आफूहरूलाई पक्राउ नगरेको तर, धरपकड गर्दै लखेटको जेनजी अगुवा अजय सोडारीले बताए ।
सोडारीसहित सुनिल सिंह, प्रकाश रावल, अर्जुनजंग मल्ल, सुसिल बुढाथोकी, वीरजंग विकलगायतको टोलीले राँके जुलुस निकालेको हो । उनीहरूले गृहमन्त्री ओमप्रकाश अर्याल र हामी नेपाल नामक संस्थाका संयोजक सुधन गुरुङविरुद्ध पनि नाराबाजी गरेका छन् ।
















