सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे नामी शोरूमको भ्रमण
काठमाण्डौ । अटोमोबाइल ब्रान्ड नामीले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व पहल अन्तर्गत सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकालाई आफ्नो शोरूममा न्यानो स्वागत गरेको छ। यो भ्रमण बालबालिकाका लागि खुसी र अर्थपूर्ण अनुभव सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको हो। साथै, नामीको व्यवसायका अलावा समाजलाई योगदान दिने र खुसी बाँड्ने प्रयासलाई बलियो बनाउने अवसरका रूपमा यो भ्रमण सफल भएको कम्पनीले जनाएको छ । भ्रमणको सुरुमा नामीले बालबालिकालाई उनीहरूको आश्रयस्थलबाट स्नेहपूर्वक शोरूम सम्म ल्याएको थियो। त्यसपछि गराइएको शोरूमको गाइडेड टुरले बालबालिकालाई आत्मीयता, सम्मान र उत्साहको अनुभूति गरायो।
भ्रमणअवधिभर नामी टिमले बालबालिकासँग अन्तरक्रिया गर्दै उनीहरूको अनुभवलाई रमाइलो र सम्झन लायक बनाएका थिए। बालबालिकाको खुसीलाई अझै बढाउन नामीले जलपान र उपहारको व्यवस्था पनि गरेको थियो। साथै, सान्ताक्लजसँगको रमाइलो भेटले पनिउनीहरूको उत्साहरआनन्द थप बढाउन सफल भयो। सबै जनासँगै बसेर खानपिन गर्दै बिताएका क्षणहरूले सहजता र हर्षको वातावरण सिर्जना गरेको थियो, जसले बालबालिका र टिमका सदस्यहरू बीच आत्मीय सम्बन्ध स्थापित गराउन सफल भयो।बालबालिकाको उपस्थितिले शोरुम हाँसो, मुस्कान र उमंगले भरिपूर्ण भएको थियो, जसले गर्दा यो भेट साँच्चिकै मन छुने बनेको थियो। यस भ्रमणको विशेष क्षणहरू मध्ये एक तस्बिरमा यी खुसीकापलहरूलाई कैद गर्नुपनि थियो। सबैले खुसी, एकता र ममताको प्रतीककारूपमा सामूहिक तस्बिर खिची भ्रमणका रमाइला सम्झनाहरू सुरक्षित गरेका थिए।
















