अहिले देश विदेशीहरूले चलाइरहेको छ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर संकटमा फस्न लागेको बताएका छन् । झापाको बिर्तामोडमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले अहिले देश विदेशीहरूले चलाइरहेको आरोप लगाए । आगामी चुनावमा कसलाई जिताउने, कसलाई हराउने मात्रै नभइ अहिले दलहरू पनि विदेशीले नै बनाइराखेको आरोप लगाए । ‘आज हेर्नुस्, दलहरूको हातमा के रहेछ ? आज सरकार कसले बनाइदियो ? कसको सिफारिसमा मन्त्रीहरू बनिराखेका छन्, राजेन्द्र लिङ्देनले यहाँबाट भन्नुपर्छ ? त्यतिमात्रै होइन, अब आउने चुनावमा कुन पार्टीले जित्नुपर्छ, कुन पार्टीले हानुपर्छ त्यो पनि विदेशीहरूले बनाइदिँदैछन् भन्ने तपाईंहरूले सुन्नुभएको छ,’ लिङ्देनले भने, ‘यतिमात्रै होइन, विदेशीहरूले यहाँ पार्टी पनि बनाइदिँदैछन् ।

देश एउटा गम्भीर संकटमा फस्न लागेको छ ।’ यो संकटबाट जोगाउने विकल्प एउटा मात्रै राप्रपा रहेको उनको भनाइ छ । ‘त्यो सबैबाट जोगाउनका लागि अब एकमात्रै बाटो र विकल्प राष्ट्रिय प्रजातन्त्र पार्टीको विकल्प हो,’ उनले भने । आफूहरू चुनावमा केही सिट जित्ने कुरा मात्रै लिएर नआएको उनको भनाइ छ । ‘हामीले चुनावमा केही सिट मात्रै जित्ने कुरा लिएर आएका छैनौं । राप्रपाले जित्ने कुरामात्रै लिएर आएका छैनौं । चुनाव भएछ भने, हामी उम्मेदवार भयौं भने त्यो कुरा पनि लिएर आउँला । तर त्यो भन्दा पनि ठूलो कुरा आज देशले जित्ने र देशलाई जिताउने कुरा हामीले लिएर आएका छौ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *