महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकाल रास्वपाको समानुपातिक सूचीमा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा परेका छन् । फुटबल चितवन क्लब (एफसी चितवन)को अध्यक्ष समेत रहेका ढकाल रास्वपाको समानुपातिकको सूचीमा परेका हुन् ।

सचिन खेलकुद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत छन् । सचिन बालेन साहको कोटाबाट समानुपातिक सूचीमा परेका हुन् । उनको नाम खस आर्यको २ नम्बर सूचीमा छ । पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमा समेत सक्रिय उनको व्यवस्थापनमा इला कम्फर्ट होटेलहरू सञ्चालनमा छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *