तोलामा १४ सय रुपैयाँले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन दुई लाख ६१ हजारमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला चार हजार ४१५ रुपैयाँमा झरेको छ । अघिल्लो दिन चार हजार ४७० रुपैयाँ थियो । यो तोलामा ५५ रुपैयाँले घटेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *