सम्राट सिमेन्टको आम्दानी र ब्याज भुक्तानी क्षमतामा सुधार, एक वर्षमा दोब्बरले बढ्यो व्यापार

काठमाडौं । सम्राट सिमेन्ट कम्पनी प्रालिको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२५ मा कम्पनीले चार अर्ब ३६ करोड ७० लाख रुपैयाा बराबरको व्यापार गरेको हो । उक्त सञ्चालन आम्दानी गत वर्षको तुलनामा झण्डै दोब्बरले बढी हो । सन् २०२४ मा कम्पनीले एक अर्ब ७७ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । त्यसअघि सन् २०२३ मा कम्पनीको व्यापार ३ अर्ब ३७ करोड ५० लाख रुपैयाँ रहेको थियो भने सन् २०२२ मा कम्पनीको व्यापार चार अर्ब ८७ करोड ५० लाख रुपैयाँ रहेको थियो । पछिल्लो वर्षे आम्दानी भएको वृद्धिले कम्पनीको व्यवसायिक गतिविधिमा पुनः लयमा फर्किएको देखिएको छ । वित्तीय विवरण अनुसार सन् २०२५ मा कम्पनीको पीबीआईएलटीडी मार्जिन (ब्याज भाडा, मूल्य ह्रास र करअघिको नाफा) ३४.७३ प्रतिशत पुगेको छ । जुन अघिल्ला ३ आर्थिक वर्षको तुलनामा उल्लेख्य सुधार हो । जसले कम्पनीको लागत व्यवस्थापन र उत्पादन क्षमता बलियो बन्दै गएको देखिन्छ । कम्पनीको ऋण व्यवस्थापन तर्फ हेर्दा ओभरअल गियरिङ ४.७७ गुणामा झरेको छ भने कुल ऋण,नगद सञ्चिति ३७.५० गुणामा सिमित भएको छ । यद्यपि ओभरअल गियरिङ उच्च देखिएपनि अघिल्ला वर्षको तुलनामा स्थिर देखिएको छ । तर, कम्पनीको ब्याज भुक्तानी क्षमतामा भने सुधार देखिएको छ ।

यस अवधिमा कम्पनीको ब्याज भुक्तानी अनुपात १.३४ गुणा पुगेको छ । गत तीन वर्षमा कम्पनीको ब्याज भुक्तानी अनुपात क्रमशः १ः४२, ०.७० र १.२७ गुणा रहेको थियो । यसले कम्पनीको ब्याज दायित्व वहन गर्ने क्षमता क्रमशः सुधार हुँदै गएको देखिएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल १३ अर्ब ९५ करोड रुपैयाँ बराबरको क्रेडिट रेटिङ गराएको छ । यसमध्ये दीर्घकालीन कर्जातर्फ १० अर्ब ९३ करोड ९६ लाख ४० हजार रुपैयाँ र अल्पकालीन कर्जातर्फ ३ अर्ब एक करोड ३ लाख ६० हजार रुपैयाँ रहेको छ। वि.सं. २०७० सालमा स्थापना भएको सम्राट सिमेन्टले उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ। कम्पनीले वि।सं। २०७९ साउन १ गतेदेखि आफ्नो सिमेन्ट उत्पादन क्षमता दैनिक १,८०० मेट्रिक टनबाट बढाएर ३,६०० मेट्रिक टन पुर्याएको छ । यसअघि कम्पनीले एकीकृत संरचना अन्तर्गत ४,००० मेट्रिक टन क्षमताको क्लिन्कर उत्पादन इकाइ सञ्चालनमा ल्याएको थियो । उक्त क्लिन्कर २०७७ माघ १ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो। दाङ जिल्लामा अवस्थित यस उद्योगले पीपीसी र ओपीसी दुवै प्रकारका सिमेन्ट उत्पादन गरी देशभर बिक्री–वितरण गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *