उदयपुर क्षेत्र १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रत्यक्ष उम्मेदवारका रूपमा प्रकाश अधिकारीको उपस्थित नै सशक्त

उदयपुर जिल्ला क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रत्यक्ष उम्मेदवारका रूपमा प्रकाश अधिकारी ले उम्मेदवारी दिनु भएको छ।उहाँ हाल कोशी प्रदेशका प्रवक्ताको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आउनु भएको छ।

उहाँको जन्म चौदण्डी गढी–हडिया, शिव नगर मा भएको हो भने हाल गाईघाटलाई कर्मथलो बनाउँदै सक्रिय राजनीतिक तथा सामाजिक जीवन बिताइरहनु भएको छ। शैक्षिक रूपमा उहाँ अत्यन्तै सक्षम र बहु आयामिक व्यक्तित्व हुनुहुन्छ। उहाँले अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गर्नुका साथै कानुनमा स्नातक उपाधि समेत हासिल गर्नुभएको छ। उहाँको प्रारम्भिक शिक्षा जनता माध्यमिक विद्यालय, हडिया बाट सम्पन्न भएको हो।

व्यावसायिक रूपमा उहाँ अडिटर तथा अधिवक्ता दुवै रूपमा क्रियाशील रहनु भएको छ, जसले उहाँलाई आर्थिक, कानुनी तथा नीतिगत विषयमा गहिरो ज्ञान भएको सक्षम नेतृत्वका रूपमा स्थापित गरेको छ।

शिक्षा, अनुभव र स्पष्ट दृष्टिकोणका कारण प्रकाश अधिकारी आज उदयपुर क्षेत्र नं. १ का जनताको आशा र भरोसाको केन्द्र बन्दै अघि बढिरहनु भएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *