कांग्रेस पार्टी फुट्दैन : डा. भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी नफुट्ने दावी गरेका छन् । पार्टीभित्र अहिले पनि नेताहरूबीच सौहार्द सम्बन्ध रहेको भन्दै उनले भनेका छन्, ‘हाम्रो पार्टी फुट्दैन । हामी सबै सँगै छौं ।’ पार्टी केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक चलिरहेका बेला सञ्चारकर्मीसँग कुरा गर्दै नेता भण्डारीले सबैलाई मिलाएर पार्टीलाई विखण्डनबाट जोगाउनुपर्ने बताएका छन् । ‘विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका साथीहरूलाई पनि सम्बोधन गर्नुछ ।

पार्टीलाई विखण्डन हुनबाट पनि जोगाउनुपर्नेछ,’ उनले भने, ‘ मैले कार्यबाहक सभापति पूर्णबहादुर खड्का, संस्थापनइतरका नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेको छु । अत्यन्त राम्रो सम्बन्ध छ । सौहार्द छ । पार्टी फुट्दैन ।’ उनले आफू केन्द्रीय कार्यसमिति बैठकमा बस्ने हैसियतको जिम्मेवारीमा नभए पनि पार्टीप्रति, भविष्यप्रति र मुलुकप्रति चासो राखेर यहाँ आएको बताए । उनले भने, ‘किनभने यो पार्टी, प्रजातन्त्र र देशको लागि धेरै वर्ष जेल बसेको छु, यातना भोगेको छु ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *