एनभीए भलिबल च्याम्पियनसिपको सेमिफाइनलका खेलहरू आज

काठमाडौं । नवौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुष र महिला दुवैतर्फ सेमिफाइनलका खेलहरू आज हुँदैछन् । महिलातर्फ पहिलो सेमिफाइनलमा समूह ए को विजेता न्यु डायमन्ड र समूह बी को उपविजेता एपीएफ क्लब खेल्नेछन् । खेल विहान ९ बजेदेखि हुनेछ । दोस्रो सेमिफाइनलमा समूह ए को उपविजेता त्रिभुवन आर्मी क्लब र समूह बी को विजेता नेपाल पुलिस क्लब खेल्ने छन् । खेल दिउँसो १२ बजे हुनेछ ।

सेमिफाइनलमा पुगेका चार टोलीसहित समूह चरणमा तेस्रो भएका एभरेस्ट भलिबल क्लब र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् १०औं पीएम कप एनभीए भलिबल लिगका लागि छनोट भएका छन् । त्यस्तै पुरुषतर्फ पहिलो सेमिफाइनलमा हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् । खेल दिउँसो २ बजेदेखि सुरु हुनेछ । दोस्रो सेमिफाइनलमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । दुवैतर्फका फाइनल खेल शनिबार हुनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *