आर्थिक गतिविधि चलायमान बनाउन सहज वातावरण आवश्यक पर्छ : अध्यक्ष ढकाल

चितवन । चितवनमा आयोजित उद्योग बाणिज्य सघ चितवनको ५९ औं साधारण सभामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सहज रुपमा व्यवसाय गर्ने वातावरण नभएसम्म आर्थिक गतिविधि थप चलायमान नहुने बताएका छन् । ढकालले अझै पनि उद्योग व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण राम्रो नभएको भन्दै सहज रुपमा व्यवसाय गर्ने वातावरण नभएसम्म आर्थिक गतिविधि थप चलायमान नहुने बताएका हुन् । जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि निकै ठूलो आक्रमण भएकाले त्यसमा संलग्नलाई कारवाहीको दायरामा नल्याएसम्म आगामी दिनमा यस्ता घटना घट्न सक्ने उनले बताए।

अध्यक्ष ढकालले निजी क्षेत्रको उद्योग प्रतिष्ठानमा आक्रमण हुन नदिने प्रतिवद्धता प्रधानमन्त्री सुशीला कार्कीले जनाएकाले यस क्षेत्रलाई आवश्यक सुरक्षा दिने काम सरकारले गर्ने विश्वास व्यक्त गरे । । कार्यक्रममा उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठले संघले उद्योगी व्यवसायीहरुको हकहितका लागि निरन्तर क्रियाशिल भएर काम गरेको बताए । साथै उहाले उद्योगी व्यवसायीहरुको बिभिन्न समस्या समाधान गर्न संघले स्थानीय, प्रदेश र संघ सरकारको ध्यानाकर्षण गराएको जानकारी दिए ।कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुरयाउनु हुने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । साधारणसभाले आगामी दुई बर्षका लािग नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *