स्वस्तिमाले किनिन् ६८ लाखको महिन्द्राको नयाँ ईभी कार ‘बी सिक्स’

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले ६८ लाख रुपैयाँ मूल्य पर्ने महिन्द्राको नयाँ ईभी कार ‘बी सिक्स’ किनेकी छन् । महिन्द्राको नक्साल गैरीधारास्थित शो रुममा अग्नि ग्रुपका अध्यक्ष तथा शार्क ट्यांकका नेपालका शार्क क्याबिनेट श्रेष्ठले स्वस्तिमालाई उक्त कार हस्तान्तरण गरे । ‘स्वस्तिमा र हामीले लामो समयदेखि सहकार्य गरिरहेका छौं । उहाँलाई हाम्रो नयाँ कारको ग्राहकको रुपमा पाउँदा खुसी लागेको छ’ अध्यक्ष श्रेष्ठले भने । सो अवसरमा सानोतिनो सेलिब्रेसन नै गरिएको थियो । स्वस्तिमा र निश्चल बस्नेतले केक काटेर खुसी मनाए । स्वस्तिमाको यो दोस्रो ईभी कार हो । यसअघि उनले महिन्द्राकै ‘एक्सयूभी ४००’ मोडलको कार चढ्दै आएकी थिइन् ।

प्रकृतिमैत्री र किफायती पनि हुने भएकाले आफूलाई विद्युतीय गाडी मनपर्ने स्वस्तिमाले बताइन् । ‘अब इलेक्ट्रिक गाडी हाम्रो भविष्य नै हो’ स्वस्तिमाले भनिन्, ‘ड्राइभिङको हिसाबमा पनि तेल किन्दा जति खर्च हुन्थ्यो, ईभीको गाडीमा किफायती हुन्छ । सस्तो पनि पर्छ ।’ सुटिङको लागि आउँदाजाँदा र कामकाजको लागि पनि महिन्द्राको ईभी गाडी सहज हुने गरेको अनुभव उनले सुनाइन् । अग्नि ग्रुपका सेल्स म्यानेजर सागर भट्टराईका अनुसार ‘बी सिक्स’ मोडलको गाडीलाई हालै आयोजित नाइमा अटो प्रदर्शनीमा लन्च गरिएको थियो । ‘यो गाडीलाई लिएर हामीले सोचेजस्तो राम्रो रेस्पोन्स पाएका छौं । धेरैजना हाम्रै गाडी किन्ने भनेर बसिरहनुभएको छ । अग्नि ग्रुपले दुई सातादेखि नेपाली बजारमा यो मोडलको ईभी गाडीको विक्री थालेको हो । ‘यस्तो किसिमको गाडी खासै नेपालमा उपलब्ध छैन । नेपालको बाटो सुहाउँदो, खाल्डाखुल्डी र साँघुरो बाटोमा पनि राम्रोसँग चल्ने भएकाले धेरैको रोजाइमा यो छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *