काठमाडौंमा बढ्यो चिसो, ३ डिग्रीमा झर्‍यो तापक्रम

काठमाण्डौं । जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा चिसो बढेको बताएको छ। काठमाडौं उपत्यकामा यस वर्षकै चिसो महसुस भएको छ। जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणअनुसार सोमबार बिहान ५.४५ बजे कीर्तिपुरको तापक्रम २.९ डिग्री सेल्सियस मापन भएको छ। त्रिभुवन विमानस्थलको तापक्रम ३.७ डिग्री सेल्सियस रहेको थियो। त्यस्तै ललितपुर हात्तीबनको २.८, भक्तपुर नगरकोटको तापक्रम २.८ मापन भएको छ। आइतबार साँझ लुक्ला विमानस्थलको तापक्रम माइनस ०.५ डिग्री सेल्सियस रहेको थियो भने जुम्ला विमानस्थलको तापक्रम माइनस ५.९, हुम्ला सिमकोट विमानस्थलको तापक्रम माइनस ५.१ डिग्री सेल्सियस रहेको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *