कुलमान टिममा केन्द्रीय सदस्य छान्नै सकस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा ऊर्जामन्त्री कुलमान घिसिङको टिमबाट सुरुआती चरणमा २१ जना केन्द्रीय सदस्य पठाउने तयारी भएको छ । सो संख्यामा केन्द्रीय सदस्य पठाउनका लागि छनोटको काम भइरहेको एक नेताले जानकारी दिए । कुलमाननिकटक स्रोतका अनुसार, आजै पठाउने भनिए पनि आकांक्षी व्यवस्थापनमा सकस भएपछि ढिलाइ भएको छ । सुरुआती चरणमा २१ जना पदाधिकारी पठाउने कुरा छ । त्यसका लागि आकांक्षी धेरै भएपछि कुरा मिलेन । एक,एकजनासँग छुट्टा छुट्टै छलफल भइरहेको छ ।

रास्वपामा हालसम्म कुलमान टिमबाट केन्द्रीय सदस्य बनिसकेका छैनन् । यसअघि रास्वपामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहित २६ जना केन्द्रीय सदस्यमा मनोनित भएका थिए । उनीहरू सबैले शपथ पनि लिइसकेका छन् । यसअघि रास्वपा सभापति रवि लामिछानेसँग बालेन र कुलमानले छुट्टा–छुट्टै सहमति गरेका थिए । उनीहरूबीच रास्वपाको सभापति रवि, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछिको प्रधानमन्त्रीको उमेदवार बालेन हुने र कुलमानलाई रास्वपाको उपसभापति बनाउने सहमति भएको थियो । कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टी र बालेन टिम रास्वपाको घण्टी चुनाव चिह्नमा आगामी निर्वाचनमा होमिने सहमति भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *