उन्मादमा नशामा देश बन्दैन : ओली

काठमाडौं । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भत्काएर मात्रै देश नबन्ने बताएका छन् । हेटौंडामा सरकारले घर भत्काएकोप्रति आपत्ति जनाउँदै उनले वर्तमान सरकारले जे पनि भत्काउने काम गरिरहेको बताए । ‘यो सरकारले के गर्‍यो ? हेटौंडामा घर भत्काउने काम थियो उसको ? चुनाव गराउन पर्दैन ।

चुनावको वातावरण बनाउन पर्दैन ? हेटौंडामा घर भत्कायो । आधा भत्कायो आधा बाँकी छ,’ उनले भने, ‘भत्काउने त बानी परेको छ । भत्काउनेको निर्देशनमा जे पनि भत्काउन थाल्यो यसले । सरकार भत्काएको, डेमोक्रेसी भत्काएको, संविधान भत्काएको, हेटौंडामा भत्काएको, सुकुम्बासीको बस्ती भत्काएको, यो सबै भत्काउने ?’ साथै, उनले देश बनाउनका लागि दिमाग ठिकै ठाउँमा भएको मान्छे चाहिने उनले बताए । ‘भत्काएर मात्रै देश बन्दैन । देश बनाउनुपर्छ । बनाउनका लागि दिमाग ठिकै ठाउँमा भएका मान्छेको, उन्मादमा नशामा देश बन्दैन,’ ओलीले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *