एमालेले छान्यो राष्ट्रियसभा उमेदवार, लुम्बिनीमा झाँक्री

काठमाडौं । नेकपा (एमाले(ले राष्ट्रियसभा उमेदवार टुंगो लगाएको छ । मधेस प्रदेशबाहेक अन्य प्रदेशमा एमालेले राष्ट्रियसभा उमेदवार टुंगो लगाएको हो । एमालेले कोसी प्रदेशमा रोशनी मेचे, वाग्मतीमा प्रेम दंगाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनी प्रदेशमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिम प्रदेशमा लिला भण्डारीलाई उमेदवार बनाउने भएको छ । मधेस प्रदेशमा भने उमेदवार टुंगो लाग्न बाँकी छ, एमाले सचिव महेश बस्नेतले भने । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारहरूको मनोनयन हुँदै छ ।

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारी दर्ताको कार्यतालिका छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले(, नेपाली कम्युनिस्ट पार्टी (नेकपा( र मधेशकेन्द्रित जनता समाजवादी पार्टी (जसपा( लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच तालमेल हुने भएको छ । तालमेलका लागि कांग्रसले सात, एमालेले सात, नेपाली कम्युनिस्ट पार्टीले तीन र जसपाले एक सिट लिने गरी समझदारी बनेको वार्तामा सहभागी एक नेताले जानकारी दिएका छन् । निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि निर्वाचन गने लागेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *