चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः सीता पौडेल निर्वाचित

वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ मा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा सिता भण्डारी पौडेल निर्वाचित भएकी छिन् । संस्थाको २७ औँ वार्षिक साधारण सभा तथा २८ औं वार्षिकोत्सव कार्यक्रममा निर्वाचन समितिका संयोजक हरिकृष्ण भट्टराईले संस्थाको ४ वर्षका लागि अध्यक्षमा पुनस्भण्डारी सर्वसम्मत चयन भएको जानकारी दिए । संस्थाको उपाध्यक्षमा मीन बहादुर बानियाँ, सचिव ज्ञानेन्द्र (आदेश) गौतम , कोषाध्यक्ष राधिका कार्की, सदस्यहरू मदन राजन बस्नेत , प्रभा कुमरी घिमिरे , सुनिता निरौला, शुशिला शर्मा ठाकुर, शुशीला कुमारी प्रधान, निता खतिवडा दाहाल, भगवती कार्की निर्वाचित भएका छन् । लेखा सुपरीवेक्षण समितिको संयोजकमा ज्ञान बहादुर पाण्डे तथा सदस्यमा शुष्मा हमाल र सम्झाश्वरी राई चयन भएका हुन् । २७ औँ वार्षिक साधारण सभा तथा २८ औं वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष पौडेलले सहकारीको आर्थिक बर्ष २०८१,०८२ को वार्षिक प्रगति विवरण प्रतिवेदन तथा आर्थिक वर्ष २०८२,०८३ कोलागि प्रस्ताबित कार्य योजना प्रस्तुत गरेकी थिइन् । लेखा सुपरिवेक्षण समिति संयोजक नरकुमार राईले लेखा सुपरिवेक्षण समितिको सुझाब सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थामा हाल शेयर सदस्य ६ हजार २ सय ८२ जना रहेका छन् । शेयर पुजी गत वर्षको अनुमातमा ३।६० प्रतिशतले बृद्बि हुदै ८ करोड ९६ लाख ४७ हजार ३ सय पुगेको छ । बचत निक्षेप गत बर्षको अनुमातमा ४ चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः सीता पौडेल निर्वाचित ४।०६ प्रतिशत बुद्बी भई ६० करोड ३३ लाख ६२ हजार पुगेको छ। चालु आर्थिक वर्षमा कुल ८८ करोड ४५ लाख बचत संकलन तथा ८३ करोड ५२ लाख ८३ हजार भुक्तानी भएको छ । संस्थाको वार्षिक प्रतिवेदन अनुसार कर्जा लगानी ३७ करोड २५ लाख ६ हजार , संस्थाले ४० करोड ७९ लाख कर्जा असुली गरेको छ । संस्थाले चालु आर्थिक बर्षमा २० करोड ८८ लाख ६१ हजार कुल आम्दानि तथा १८ करोड ७५ लाख ८७ हजार खर्च भई २ करोड १२ लाख ७३ हजार रहेकोमा आयकर ऐन अनुसार १० प्रतिशत आयकार व्यवस्था गरि १ करोड ९१ लाख ४६ हजार वचत गर्न सफल भएको छ । कार्यक्रममा अध्यक्ष भण्डारीले सहकारीबाट प्राप्त भत्ता पती स्वर्गीय दलबहादुर पौडेलको हिराको स्मृतिमा अक्षय कोष स्थापना गरि अक्षय कोषको ब्याजबाट वार्षिक रूपमा सहकारीका एकल महिला शेयर सदस्यका छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराई रहेको बताईन् । सहकारी अपाङ्गता भएका मानिसहरुलाई आत्मनिर्भताकालागि ऋण लगानिमा न्युन ब्याज दर र वचत गर्दा ब्याज दर बढाएर दिने योजना लिएको उनले बताईन् । सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बराहक्षेत्र नगरपालिका ४ बटा सामुदायिक विद्यालयका बिद्यार्थीहरुलाई जाडोको लागि ट्रयाकसुट , ब्याग , खानेपानिको सामाग्री वितरण गरिएको सहकारीका व्यवस्थापक बाबुराम खत्रीले बताए । कार्यक्रममा वराहक्षेत्र नगरपालिकाकि उपप्रमुख नन्दकुमारी सुनुवारको प्रमुख अतिथ्यता रहेको थियो । अध्यक्ष सीता भण्डारी पौडेको सभाध्यक्षमा सञ्चालन भएको कार्यक्रममा स्वागत् मन्तव्य व्यवस्थापक बाबुराम खत्री र सञ्चालक उपाध्यक्ष दिपक कार्कीले गरेका थिए । कार्यक्रममा पुर्व संचालक समितिका पदाधिकारीहरु , लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । नियमित दुध उत्पादन गरि बिक्रि गर्ने शेयर सदस्यलाई दुध बोक्ने ट्यामी , पत्रकार , उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्ता , कारोबारी , असल ऋणीलाई कदर पत्रले सम्मानित गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *