एशियन लाइफको नयाँ बोनसदर घोषणा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस २१ गते स्वीकृत भएसँगै नयाँ बोनसदर घोषणा गरेको छ। नयाँ बोनसदर अनुसार सावधकि तथा आजीवन बीमालेखमा बीमा अवधि अनुसार न्यूनतम ६१ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिइने भएको छ। त्यस्तै सावधिक जीवन बीमालेखमा ४५ रुपैयाँदेखि ६२ रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ। यता बालबालिकाको सावधिक जीवन बीमालेखमा ४२ रुपैयाँदेखि ५२ रुपैयाँसम्म तथा सामूहिक सावधिक, नव रत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ र भविष्य निधिमा ४४ रुपैयाँदेखि ५५ रुपैयाँसम्म बोनसदर कायम भएको छ। त्यसैगरी अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ५० रुपैयाँदेखि ७० रुपैयाँसम्म, बाल उच्च शिक्षामा ४२ रुपैयाँदेखि ५० रुपैयाँसम्म, १५ वर्षे अग्रिम भुक्तानी सावधिक प्लस र वार्षिक भुक्तानीमा रिभर्सनरी बोनस ३८ देखि ५६ रुपैयाँसम्म तथा टर्मिनल बोनस ६ रुपैयाँ र एशियन सावधिक प्लस, सुखी जीवन प्लसमा रिभर्सनरी बोनस ४२ देखि ६० रुपैयाँसम्म र टर्मिनल बोनस ६ रुपैयाँ दिने भएको छ। यो बोनसदर मुनाफामा सरिक हुने गरी जारी गरेको जीवन बीमालेखहरूमा मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालू बीमालेखमा समेत लागू हुनुका साथै अर्को बोनसदर लागू नभएसम्म यही बोनसदर लागू रहने कम्पनीले स्पष्ट पारेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *