मुलुक र एमालेविरुद्ध प्रतिक्रियावादी षड्यन्त्र भइरहेको छ : ओली


काठमाडौं । ४२ औं पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् । त्यस्तो षड्यन्त्र प्रतिक्रियावादीहरूले गरिरहेको उनको भनाइ छ ।

ओलीले कम्युनिष्ट पार्टी स्थापनादेखि नै सुरु भएको षड्यन्त्र अहिले पनि चलिरहेको बताए । ‘प्रतिक्रियावादीहरूले विगतदेखि नै षड्यन्त्र गरिरहेका छन् । ‘हामी भन्न चाहन्छौं, हामी प्रतिक्रियावादी शक्तिका दया, माया र कृपाले यहाँ आएका होइनौं । संघर्ष गरेर यहाँ आएका हौं । संघर्ष गरेरै टिकेका हौं ।’ अध्यक्ष ओलीले प्रतिक्रियावादीका षड्यन्त्र सफल हुन नदिने जिकिर गरे । नेकपा एमाले पार्टी रहँदासम्म त्यस्तो षड्यन्त्र सफल नहुने उनको भनाइ छ । ‘हामी देशविरुद्ध र हाम्राविरुद्ध भइरहेका कुनै पनि षड्यन्त्र सफल हुन दिने छैनौं । नेपाल हार्दैन । हार्न दिइने छैन । किनभने, यहाँ नेकपा एमाले छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *