पोखरेललाई एमालेले दियो काठमाडौं–५ कै टिकट

काठमाडौं । नेकपा एमालेले काठमाडौ–५ मा ईश्वर पोखरेललाई नै उम्मेदवार बनाउने भएको छ । काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार ईश्वर पोखरेललाई टिकट दिइसकिएको छ । ‘अब उहाँले नै लड्नु हुने भएको छ, टिकट पाउनुभयो,’ निरौलाले भने । गत शनिबार बसेको सचिवालय बैठकले काठमाडौ–५ को उम्मेदवारबारे कुनै निर्णय गरेको थिएन । यस्तै काठमाडौ–९ मा अजय क्रान्तिले टिकट पाएका छन् । काठमाडौं–४ को उम्मेदवार अझै टुंगिएको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *