मनोनयनमा जाँदा तडकभडक नगर्नू – निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा लगायत तडकभडक नगर्न चेतावनी दिएका छन् । सञ्चारकर्मीहरूसँग सोमवार आयोगमा कुराकानी गर्दै उनले उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक नगर्न चेतावनी दिएका हुन् । तडकभडकलाई कानूनले पूर्ण रुपमा निषेध गरेको र आचारसंहीताले पनि निषेध गरेकाले त्यस्ता गतिविधिहरू नगर्न सचेत गराए । आचारसंहिता उल्लंघन गर्नेविरुद्ध आयोगले कठोर निर्णय लिने चेतावनी पनि उनले दिए ।

निष्ठापूर्वक आचारसंहीतालाई परिपालन गर्दै मनोनयन पत्र दाखिल गर्न उनले आग्रह गरे । ‘उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक हुन्छ । यो पूर्ण रुपमा कानुनले निषेध गरेको छ । आचारसंहिताले निषेध गरेको छ,’ भण्डारीले भने । प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले अब हुने निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुने दाबी गरे । ‘आचारसंहिताले निषेध गरेका कामहरू प्रयोग नगरीकन निष्ठापूर्वक आचारसंहितालाई परिपालन गर्दै मनोनयन पत्र दाखिल गर्न जानुभयो भने सबै सरोकारवाला लगायत मतदाताहरूको र त्यसलाई टड्कारो रुपमा हेरिरहनुभएका विदेशमा रहेका, नेपालको निर्वाचनप्रति चासो र सरोकार राख्ने व्यक्तिहरूको बीचमा पनि अब हुने निर्वाचन, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा निर्वाचन हुँदैछ,’ उनले भने, ‘यो निर्वाचनमा कुनै शंका, उपशंका गर्नुपर्दैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *