मधु आचार्यलाई काभ्रे–२ मा कांग्रेसको टिकट
काभ्रे । आगामी प्रतिनिधिसभा निर्वाचनमा काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट मधु आचार्य उम्मेदवार बनेका छन् । उनले सोमबार सभापति गगन कुमार थापाबाट टिकट लिएका हुन् । भोलि मंगलबार उम्मेदवारी दर्ताको दिन छ । त्यसअघि कांग्रेसले धमाधम आफ्ना उम्मेदवारहरू टुंगो लगाइरहेको हो । आचार्य गगन थापा समूहका नेता हुन् । काभ्रेको यो क्षेत्रमा नेकपा एमालेले अशोककुमार ब्याञ्जुलाई उम्मेदवार बनाएको छ । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले बसुन्धारा हुमागाईंलाई उम्मेदवार बनाएको छ ।
















