महिन्द्राद्धारा इलेक्ट्रिक ओरिजिन एसयूभी बीई-६ र एक्सईभी ९-ई हेटौंडामा सार्वजनिक
काठमाण्डौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले हेटौँडा तथा क्षेत्रीय बजारको लागि अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयूभीहरू– बीई-६ र एक्सईभी ९-ई सार्वजनिक गरेको छ । हेटौँडा उपमहानगरपालिका–७, न्युरेनिस्थित महिन्द्रा शोरूममा आयोजित कार्यक्रममा यी नयाँ विद्युतीय एसयूभी सार्वजनिक गरिएका हुन् । समारोहमा विशेष अतिथिका रूपमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट र ट्राफिक प्रहरी प्रभाग हेटौँडाका प्रहरी निरीक्षक बचु राम फुयाँल, ग्राहक तथा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो । यी गाडीहरू महिन्द्राको अत्याधुनिक इङ्ग्लो प्लेटफर्ममा आधारित छन् भने संसारकै सबैभन्दा इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चर मायाबाट सञ्चालित छन् । यी अत्याधुनिक ई-एसयूभीहरूको सार्वजनिकीकरणले विद्युतीय सवारीको क्षेत्रमा नेपालको क्षेत्रीय स्तरमा नयाँ यात्राको सुरुवात गरेको छ । महिन्द्रा बीई-६ र एक्सईभी ९(ई लाई सन् २०२५ को अगस्टमा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पोमार्फत पहिलोपटक नेपाली बजारमा सार्वजनिक गरिएको थियो । त्यसैगरी हालसालै महिन्द्रा एक्सईभी -९ ईले इन्डियन कार अफ द इयर अन्तर्गत ग्रीन कार अफ द इयर २०२६ अवार्ड प्राप्त गरेको छ जुन यसको अत्याधुनिक विद्युतीय प्रविधि, दिगो डिजाइन र उत्कृष्ट प्रदर्शनको प्रमाण हो ।
यी नयाँ गाडीहरूले नेपाली ग्राहकमाझ पाएको सकारात्मक प्रतिक्रिया तथा बढ्दो मागलाई ध्यानमा राख्दै अग्नि ग्रुपले महिन्द्राको ‘बर्न इलेक्ट्रिक’ लाइनअपलाई नेपालका विभिन्न क्षेत्रहरूमा विस्तार गर्ने योजना बनाएको छ । फलस्वरूप देशभरका प्रमुख सहरी केन्द्रहरूमा उपत्यका बाहिरका ग्राहकहरूले पनि विश्वस्तरीय विद्युतीय एसयूभीको अनुभव लिन सक्नेछन् । हेटौँडामा गरिएको यो क्षेत्रीय शुभारम्भ सोही दृष्टिकोणको एक महत्त्वपूर्ण कदम हो । यी दुवै एसयूभीले दमदार परफर्मेन्स प्रदान गर्दछन् । अधिकांश भेरियन्टहरूले ९९ किलोवाटको पावर दिन्छ जसले दैनिक छोटोदेखि लामो दुरीको यात्राहरूमा सहज र रेस्पोन्सिभ ड्राइभिङ अनुभव सुनिश्चित गर्दछ । एक्सईभी ९-ई को प्याक थ्री भेरियन्टमा १९९ किलोवाटको पावर छ, जसले अझ थ्रिलिङ र उत्साहजनक ड्राइभिङ अनुभव प्रदान गर्दछ। एक्सईभी ९-ई मा ट्रिपल स्क्रिन सिनेमाटिक डिस्प्ले रहेको छ जुन ड्यासबोर्डको दायाँदेखि बायाँ कुनासम्म फैलिएको छ । बीई ६ मा ‘रेस(रेडी डिजिटल ककपिट’ रहेको छ जसले चालकलाई हाइ(पर्फमेन्स गाडीको अनुभव दिन्छ । बीई ६ को मूल्य ५७ लाख रुपैयाँदेखि सुरु हुन्छ र यो तीन फरक भेरियन्टहरूमा उपलब्ध छ । त्यसैगरी, एक्सईभी ९-ई को मूल्य ६९ लाख रुपैयाँ देखि सुरु हुन्छ र यो पनि तीन भेरियन्टहरूमा उपलब्ध छ । महिन्द्राले यी दुवै मोडेलका सबै भेरियन्टहरूका लागि बुकिङ खुला गरिसकेको छ ।
















