भक्तपुरको बाल सुधारगृहमा ठूलो संख्यामा प्रहरी परिचालन

काठमाडौं । भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहको अवस्था शुक्रबार (माघ ९) बिहान सामान्य छ । सुरक्षाका निम्ति बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । बिहीबार (माघ ८) राति बाल सुधारगृहमा दुई समूहबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको थियो । झडप नियन्त्रणका निम्ति ठिमी प्रहरी वृत्तका प्रमुखको नेतृत्वमा टोली परिचालन गरिएको थियो । तर, प्रहरीमाथि नै ढुंगा प्रहार गरिएको जनाइएको छ । बाल सुधारगृहका दुई समूहबीच भएको झडपका क्रममा आगजनी र तोडफोड समेत गरिएको थियो । आगो नियन्त्रणका निम्ति मध्यरातमा भक्तपुर र काठमाडौंका वारुणयन्त्र परिचालन गरिएको थियो । उक्त सुधारगृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *