नेपालले जिम्बाब्वेलाई हरायो
काठमाडौं । पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई हराउँदै आईसीसी महिला ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटमा पहिलो जित दर्ता गरेको छ । शनिबार (माघ १०) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले हराएको हो । जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा पूजाले सर्वाधिक ५२ रनको योगदान दिइन् । उनले ५० बलमा चार चौका र दुई छक्कासहित ५२ रन बनाइन् । कप्तान इन्दु वर्माले २२, विन्दु रावलले १५, सीता रानामगरले ११ रनको योगदान गरे । जिम्बाब्वेका जोसेफाइन एनकोमोले दुई तथा नोमभेलो सिबान्दा र क्रिस्टाबेल चातोन्ज्वाले समान एक,एक विकेट लिए ।
















