आजको यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ०० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा हेर्न सकिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *