शौर्य सिमेन्ट इण्डष्ट्रिजद्वारा वार्षिक स्वास्थ्य परीक्षण शिविर सम्पन्न

काठमाण्डौं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारी तथा श्रमिकहरूको स्वास्थ्य र कल्याणलाई उच्च प्राथमिकतामा राख्दै सिराहा जिल्लाको मिर्चैयास्थित कारखानामा वार्षिक स्वास्थ्य परीक्षण शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त स्वास्थ्य शिविर फूलकुमारी महतो मेमोरियल अस्पतालको सहकार्यमा सञ्चालन गरिएको हो। शिविरमार्फत करिब २५० जना कर्मचारी तथा श्रमिकहरू लाभान्वित भएका थिए। यस क्रममा सहभागीहरूको सामान्य स्वास्थ्य परीक्षण, आवश्यक चिकित्सकीय परामर्श तथा स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको थियो। यस कार्यक्रमको मुख्य उद्देश्य कर्मचारीहरूको स्वास्थ्यप्रति जिम्मेवार रहँदै सुरक्षित, स्वस्थ तथा उत्पादनशील कार्य वातावरण सिर्जना गर्नु रहेको थियो। शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले सामाजिक उत्तरदायित्व तथा कर्मचारी कल्याणलाई सधैं आफ्नो प्राथमिकतामा राख्दै यस्ता स्वास्थ्य तथा सामाजिक कार्यक्रमहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *