प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ एवं गीतकार डा.रिजालद्वारा ‘अन्धकार पन्छाएरको भिडिओ सार्वजनिक

काठमाण्डौं । प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ एवं गीतकार डा. भोला रिजालद्वारा रचित देशभक्तिपूर्ण जागरण गीत ‘अन्धकार पन्छाएरको भिडिओ सार्वजनिक भएको छ । शनिबार साँझ गीत तथा भिडिओसँग सम्बन्धित सर्जकरकलाकार एवं सञ्चारकर्मीहरुको उपस्थितिमा महाराजगञ्जस्थित गीतकार रिजाल निवासमै आयोजित एक समारोहमा सो भिडिओको लोकार्पण गरिएको हो । सुप्रसिद्ध सङ्गीतकार शंकर थापा ‘स्माइलको सङ्गीत र सर्वप्रिय गायक शिव परियारको स्वर रहेको यस गीतमा विषम आचार्यले सङ्गीत संयोजन गर्नुभएको छ । गुञ्जन स्टुडिओका रेकर्डिष्ट सुशील शाहले रेकर्ड गर्नुभएको यस गीतको मिक्सिसङ्रमाष्टरिङ् भने फिल स्टुडिओका प्राविधिक कुमार के।सी। गर्नुभएको हो । करुणा, हौसला, जागरण, उर्जा, चेतना, खबरदारी र देशभक्तिको अद्भुत सम्मिश्रण भएको समय सापेक्ष यस म्युजिक भिडिओको निर्देशन प्रसिद्ध निर्देशक, छायाँकार एवं सम्पादक वीरेन्द्र भाट ‘विपिन ले गर्नुभएको हो । जसमा महेश महराको सिनेमाटोग्राफी, वीरेन्द्र भाट ‘विपिनको सम्पादन र लोकेश भाटको ग्राफिक्स रहेको छ ।

भिडिओमा वरिष्ठ कलाकार रमेश बुढाथोकी, डा. नवीन यादब, विष्णु रोक्का, जयन्त रेग्मी, सुशील श्रेष्ठका साथै गीतकार डा। भोला रिजाल, सङ्गीतकार शंकर थापा ‘स्माइल र गायक शिव परियारको समेत दमदार अभिनय देख्न सकिन्छ । गीत तथा भिडिओकी निर्मात्री सरला रिजाल हुनुहुन्छ । केही महिना अघिको जेनजी आन्दोलन, आन्दोलनको क्रममा घटेका अप्रत्याशित दुखद् घटना, त्यसबाट उत्पन्न अन्योलातापूर्ण राजनीतिक अवस्था तथा जेनजीहरुको सपना र काँधमाथिको जिम्मेवारीलाई गीत तथा भिडिओले जीवन्त रुपमा प्रस्तुत गरेको छ । ‘अब जाग, फुटेर हैन जुटेर देश निर्माणमा लाग । हे युवा १ तिमी नै यो देशको वर्तमान र भविष्य हौ, गीतले भनेको छ । आन्दोलनका क्रममा रित्तिएका काखहरु, छुटेका साथहरु र कलिला युवाहरुको वलिदानप्रति उच्च सम्मान भाव व्यक्त गरिएको छ । लोकार्पण समारोहलाई सम्बोधन गर्दै गीतका सर्जक डा. रिजालले भन्नुभयो ‘ यो गीत अन्तर्मनको कथा होस व्यथा हो ।

जब ती निरीह आमाहरु छाती पिटी पिटी रोएको, जसको एउटा मात्र सन्तान थियो । त्यो पनि गुमाउनुपरेको अवस्था हामीले देख्यौं, त्यही पीडाको अभिव्यक्ति हो यो गीत । अब देश शान्ति, सम्वृद्धि र सुशाषनको मार्गमा लम्कनु पर्दछ, देश काँचुली फेर्दै अब नयाँ युगमा चम्कनु पर्दछ यही कामना हो यो गीत । जेनजीहरुले दिएको वलिदानको सम्मान गर्दै देश निर्माणको सन्देश र हौसलाको लागि जागरण ल्याउने उद्देश्यले लेखिएको गीत हो यो । मलाई विश्वाश छ यो गीतले सबैको मन मस्तिष्कमा सकारात्मक छाप छाड्ने छ । समारोहमा भिडिओ विमोचनमा सरिक हुनकै लागि बेलायतबाट आउनुभएका सर्जक रिजालका ज्येष्ठ सुपुत्र वरिष्ठ दन्त सर्जन डा. कपिल रिजालले गीत तथा भिडिओसंग सम्बन्धित सर्जकरकलाकारहरुलाई सम्बोधन गर्दै भन्नुभयो,‘हामी छोराहरु साथमा नहुँदा पनि आफ्नै छोराहरुले झैं बुबाको चाहना बमोजिम उहाँको रचनालाई यति जीवन्त बनाईदिनुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद दिन्छु । यसैगरि सङ्गीतकार ‘स्माइल, गायक शिव र निर्देशक तथा सम्पादक वीरेन्द्रले पनि गीत तथा भिडिओको बारेमा आ(आफ्ना कुराहरु राख्नुभएको थियो । कार्यक्रमको सहजीकारण चलचित्रकर्मी सुमन गिरीले गर्नुभएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *