प्रभु बैंकका सीईओमा सुमन शर्मा नियुक्त
काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेचरनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुरमा अनुसान्धान सुरु गरेपछि शेरचनलाई निलम्बन गरी सञ्चालक समितिले निरज लम्साललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको थियो । निरज लम्सालले मंसिर १४ गतेदेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । प्रभु बैंकमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका शर्माले माछापुच्छ्रे, र तत्कालिन सन्राइज बैंकको प्रमुख कार्याकारी अधिकृतका काम गरीसकेका छन् । शर्माले बैंकिङ र अर्थतन्त्रमा दख्खल राख्छन् ।
















