चुनीखेलमा आगलागी हुँदा २४ परिवार विस्थापित

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका १३ चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ । आगलागी भएको स्थानबाट ७ जनालाई उद्धार गरिएको छ । यस्तै आगलागी भएको स्थानबाट २४ परिबार विस्थापित भएका छन् । प्रहरीका अनुसार मंगलबार राति करिब पौने ११ बजेतिरबाट आगो सुरु भएको थियो । सवा १ बजेतिर काठमाडौं महानगर, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा आगो निभाइएको थियो ।

वडा अध्यक्ष टिकानारायण श्रेष्ठले दिएको जानकारी अनुसार आगो लागेर २४ कोठा बराबरका लामो टहरा पूरै नष्ट भएको छ । ‘त्यहाँ विभिन्न जिल्लाका बासिन्दाहरु कोठा भाडामा लिएर बस्नु भएको थियो, उहाँहरुको २४ परिवार थियो, सबै विस्थापित हुनुभएको छ, वडाध्यक्ष श्रेष्ठले भने । विस्थापित भएकाहरुलाई नजिकका अरु टहराहरुमा राखिएको छ । उनीहरुलाई आज खाद्यान्न, लत्ताकपडा लगायतका राहत उपलब्ध गराइने तयारी भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *