नेपालमा शासन गर्ने मति र गति बदल्छौँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपालमा शासन गर्ने मति र गतिलाई आफूहरूले बदल्ने बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै सभापति थापाले यस्तो बताएका हुन् । नेपाली कांग्रेसलाई बदलेर आएको बताउँदै उनले भने, ‘यसले देशलाई बदल्छ । यो नयाँ नेपाली कांग्रेस हो, यो कांग्रेस २.० हो, जसले पुराना कांग्रेसको सबै असल कुराहरूलाई लिएको छ । खराब कुरालाई छाडेको छ,’ । आफूहरू कुनै उत्तेजना र घृणाको राजनीति नगर्ने बताउँदै सबैलाई मिलाएर अघि बढ्ने सभापति थापाले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *