तोलामा ३ हजार रुपैयाँले घट्यो सुनको मूल्य
काठमाण्डौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ३ हजार रुपैयाँले घटेर ३ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन तोलामा ३ लाख ६ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा ५ हजार ३४० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर ५ हजार रुपैयाँ कायम भएको महासंघको भनाइ छ । महासंघका अनुसार शुक्रबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ६० हजार २०० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २८७ रुपैयाँमा कारोबार भईरहेको छ ।
















