जनकपुरमा भोली बुधबार कांग्रेसको सभा,सभाबाट चुनावी घोषणापत्र (प्रतिज्ञापत्र) सार्वजनिक गर्ने
जनकपुरधाम । नेपाली कांग्रेसले बुधबार जनकपुरधाममा गर्ने भनेको चुनावी सभाको तयारी अन्तिम चरणमा पुगेको छ । सो सभालाई पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत नेताले सम्बोधन गर्ने कांग्रेसले जनाएको छ । सोही सभाबाट चुनावी घोषणापत्र (प्रतिज्ञापत्र) सार्वजनिक गर्ने कांग्रेसको तयारि छ ।
मधेस प्रदेशका मुख्यमन्त्री तथा कांग्रेसका प्रदेश सभापति कृष्णप्रसाद यादवले सभाको तयारी अन्तिम चरणमा पुगेको बताए । सभामा एक लाख सहभागी हुने उनको दाबी छन् । सभाबाट समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिइने उनले बताए । नेपाली कांग्रेसले मधेसलाई केवल चुनावी भूगोलको रूपमा हेर्दैन, बरु परिवर्तनको प्रारम्भ विन्दुको रूपमा लिन्छ, यादवले भने, त्यसकारण प्रतिज्ञा सभामार्फत जनतासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना प्राथमिकता सार्वजनिक गर्नेछौँ ।
















