नारायण प्रभु

ब्रहमाण्डका श्रृष्टि तिमी
धर्ति आकाश
दिन अनि रातमा
तिमी प्रकाश ।१

कहिल्यै छैन छलकपट
उस्तै आशन
व्रम्हाण्डमा घुमेर
गर्छौ शासन ।२ ।।

नित्य कर्म साँझमा
पुज्छौं आरति
प्रभु बिना रहन्न
शक्ति सारथि ।।३

नारायण प्रभुमा
गर्छौं पुकार
दिब्यदर्शन स्वरुपमा
हाम्रो आधार ।४

व्रहमाण्डमा रोकिदैनौ
छैन आश्रम
सत्यतामा अडिग छौ
लिन्नौ विश्राम ।५

मनुष्यमा आडम्बरी
तिम्रै श्रृष्टिले
न्याय मागि रहेछ
हाम्रो दृष्टिले ।६।।

नारायण ईश्वर तिमि
गति छोड्दैनौ
दत्त चित्त एकाग्र
बाटो मोड्दैनौ ।।७

मनुष्यको सेवा भाव
परमात्मामा
रक्षा गरी जनको
बस्छौ आत्मामा ।८

झरी बादल एकाम्यमा
तिमी चम्कन्छौ
विश्राम गर्ने छैनौ प्रभु
सधै लम्कन्छौ ।९

तिम्रा ज्ञानले सम्य देख्छ
दिदैनौ चोट
रुप तिम्रो अपार
छैननि खोट।१० ।।

बिश्र्वनाथ ढुङ्गेल।(नुन बाजे )

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *