सिद्धार्थ बैंकको नयाँ गृहकर्जा योजना,विदेशमै बसेर नेपालमा घर बनाउन सहज

काठमाडौं । सिद्धार्थ बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा गृहकर्जा योजना सार्वजनिक गरेको छ। बैंकले सुरक्षित, सहज र द्रुत प्रक्रियामार्फत नेपालमै घर खरिद वा निर्माण गर्न चाहने सेवाग्राहीलाई कर्जा उपलब्ध गराउने जनाएको छ। बैंकका अनुसार सर्वसाधारणका लागि वार्षिक ६.५५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ भने महिलाका लागि सहुलियतस्वरूप ६.४९ प्रतिशत ब्याजदर प्रस्ताव गरिएको छ।

उक्त ब्याजदर पाँच वर्षसम्म स्थिर रहने व्यवस्था गरिएको बैंकले जनाएको छ। विदेशमा रहेका नेपालीले स्वदेशमा सम्पत्ति सिर्जना गर्न सहज होस् भन्ने उद्देश्यले योजना ल्याइएको बताइएको छ। आवश्यक कागजात र आयस्रोत पुष्टि भएपछि विदेशबाटै आवेदन प्रक्रिया अघि बढाउन सकिने बैंकको दाबी छ। गृहकर्जा योजनासम्बन्धी थप जानकारीका लागि बैंकको २४र७ ग्राहक सेवा, टेलिफोन तथा इमेलमार्फत सम्पर्क गर्न सकिने जनाइएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *