कांग्रेस फर्किए डा. प्रणय शमशेर राणा

काठमाण्डौं । डा. प्रणय शमशेर राणा नेपाली कांग्रेस फर्किएका छन्। बिहीबार राष्ट्रिय सभा गृहमा प्रतिज्ञापत्रबारे प्रश्नोत्तर कार्यक्रमपछि पार्टी प्रवेश कार्यक्रम र घर फिर्ती कार्यक्रम भएको थियो। सभापति गगन थापाको प्रश्नोत्तर कार्यक्रमपश्चात घर फिर्ती कार्यक्रम अन्तर्गत उनलाई स्वागत गरिएको हो। उनलाई सभापति थापाले पार्टीमा स्वागत गरेका थिए। प्रणयले आफू घरबाट केही समय बाहिर गएर राजनीतिक अभ्यास सिकेर फेरि कांग्रेसमा फर्किएको बताएका छन्।

साथै आगामी दिनमा अझ बढी योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘एउटा फुटबल खेलाडी कहिलेकाहीँ लोनमा अर्को क्लबमा खेल्न जान्छ, केही कुरा सिकेर आउँछ। म त्यसरी नै आफ्नो घरबाट केही समय बाहिर गएँ, राजनीतिक अभ्यास गरेँ। सिकेँ आएँ र म अब नेपाली कांग्रेसलाई अझ पहिलाभन्दा बढी योगदान दिएर अझ दरिलो रूपले अगाडि बढाउने प्रयास गर्दछु प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *