राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने ‘कार्की साइँला’ मा जितु नेपालसँग जोडी बाँध्दै मुन्नी
काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने चलचित्र ‘कार्की साइँला’मा प्रियना आचार्य (मुन्नी) अनुबन्धित भएकी छिन्। निर्माण टिमले उनलाई अनुबन्ध गराएको हो। मुन्नी यो चलचित्रमा अभिनेता जितु नेपालको जोडीको रुपमा देखिनेछिन्। उनी अनुबन्ध भएसँगै निर्माण टिम चलचित्रको छायांकनमा जुटेको छ। नेपालको पुर्वी जिल्ला धनकुटामा चलचित्रको सुटिङ हुने निर्माण पक्षले जनाएको छ। चलचित्रका निर्देशक राजेन्द्र बस्नेत भन्छन्,‘चलचित्रको कथा अनुसार नै हामी धनकुटाका विभिन्न स्थानमा छायांकन गर्नेछौँ। कथाले मागेकै कारण प्रियनालाई चलचित्रमा अनुबन्ध गराएका हौँ। थप जानकारी केहि दिनमा दिनेछौँ।’
यो चलचित्रमा जितु नेपाल र प्रियाना आचार्यका अलवा सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतका कलाकारको अभिनय रहने छ। कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा निर्माण हुने यस चलचित्रलाई बालकुमार राईले निर्माण गर्दैछन् । कृष्ण भगत चाम्लिङको प्रस्तुती रहेको यो चलचित्रको मुख्य सहायक निर्देशकमा रोजल थापा र छायांकारमा डम्बर राई रहेका छन्।
















