साहित्यकार बसन्त चौधरीलाई ‘वासु शशी साहित्य पुरस्कार २०८२’ प्रदान गर्ने घोषणा

काठमाडौं । वासु शशी स्मृति परिषद्ले साहित्यकार बसन्त चौधरीलाई ‘वासु शशी साहित्य पुरस्कार २०८२’ प्रदान गर्ने घोषणा गरेको छ । साहित्यिक पत्रकार तथा सर्जक जयदेव भट्टराईलाई ‘वासु शशी स्रष्टा पुरस्कार–२०८२’ र साहित्यकार हरि मञ्जुश्रीलाई ‘कृष्ण–सरस्वती साहित्य पुरस्कार–२०८२’ प्रदान गरिने परिषद्ले निर्णय गरेको छ । परिषद्का अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । घोषित पुरस्कार वरिष्ठ कवि एवं नाटककार वासु शशीको ९०औँ जन्मजयन्तीका अवसरमा आगामी चैत १३ गते समर्पण गरिने परिषद्का सदस्य–सचिव प्रद्युम्न जोशीले जानकारी गराएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *