काठमाडौँ क्षेत्र नं-१ मा नेपाली काँग्रेसका युवा उम्मेदवार प्रबल थापा किन अब्बल छन् ?
-सत्याग्रह विषेश सम्बादाता
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं-१ को सबै भूगोलको बस्तुगत अध्ययन गर्ने आज मौका मिलेपछि प्रबल थापा अब्बल उम्मेदवार मात्र होइनन, विजयी हुने आधार देखिएको स्थलगत रूपमा
रिपोर्टिङ गरेपछि भन्न कुनै अप्ठ्यारो लाग्ने स्थिति छैन ।
प्रबल थापाले आगामी निर्वाचन जित्न सक्ने १२ वटा मुल कारण;
१) यही माटोमा जन्मिएर हुर्किएका र यस क्षेत्रको राजनीतिलाई वास्तविक रूपमा आत्मासाथ गर्न सक्ने भएकाले सबै-सबै यस क्षेत्रका मतदातासँग प्रत्यक्ष रूपमा अविरल सम्बन्ध गाँसिएर बनेको आत्मीयता रहेको छ।
२) युवा पुस्ताको रूपमा प्रतिनिधित्व हुनुपर्छ भन्ने जेन्जी युवाको सबभन्दा उपयुक्त उम्मेदवार हुनु र युवाको माझ रहेको परिवर्तन गर्ने चाहने युवा, मध्यम वर्ग र नयाँ मतदाताको भावना उनीसँग प्रत्यक्ष रूपमा जोडिएको छ।
३) नेपाली काँग्रेसको साङ्गठनिक शक्ति विगत २०६४ सालको संविधान सभाको निर्वाचनपछि आजका दिनसम्म भएका ४ पटक निर्वाचनमा विजयी भएको स्थिति एवम्
नेपाली काँग्रेसको बलियो वडा-टोलसम्म बनेको बलियो सङ्गठन संरचना नेपाली काँग्रेसको एउटा बलियो आधार स्तम्भ हो । यो सङ्गठन आफैमा प्रभावकारी हुनु, त्यसको प्रमाण हो।
४) पुरानो अनुहारभन्दा नयाँ भएका कारण यो आगामी निर्वाचन जित्न सक्ने बलियो विकल्प हो ।
दशकौँदेखि उही अनुहार देखेका मतदाताका लागि उनी नयाँ अनुहार बनेका कारण यस क्षेत्रका आम मतदाता धेरै उत्साहित भएका छन् ।
५) सफा छवि र विवाद रहित छवि प्रबल थापाको पुजी बनेको छ ।
गम्भीर आरोप वा ठुलो विवादमा नजोडिनु नै यस क्षेत्रका मतदाताको विश्वास जित्ने आधार बनेको छ ।
६) स्थानीय मुद्दामा केन्द्रित एजेन्डामा प्रबल थापा प्रस्ट छन् जस्तो
ट्राफिक समस्या, घर घरमा खानेपानीको लागि भुक्तभोगी गृहिणी महिलाहरूको दैनिकी झमेला, उचित फोहोर व्यवस्थापन, बेरोजगार युवाहरूलाई रोजगारी दिने सवाल जस्ता हरेक मुद्दा उनको प्राथमिकतामा छन्।
७) शिक्षित र तर्कशील प्रस्तुति दिन सक्ने र
बहस, अन्तर्क्रिया र सार्वजनिक कार्यक्रममा स्पष्ट र तथ्यमा आधारित कुरा राख्ने क्षमतामा पनि अन्य उम्मेदवार भन्दा कुनै पनि क्षेत्रमा कमजोर छैनन् ।
८) पार्टीभित्र युवा र पुराना दुवै पुस्ताको समर्थन जमिनमा नै देखिनु अर्को सकारात्मक पक्ष हो ।
९) युवा पुस्ताको ऊर्जा र सिनियर नेताहरूको मार्गदर्शन दुवै प्राप्त गर्न सक्ने एक मात्र उम्मेदवार प्रबल थापा देखिएका छन् ।
१०) काठमाडौँ क्षेत्र नं-१ को सामाजिक बनोटको हिसाबसँग मिल्ने व्यक्तित्व एवम्
शिक्षित, सचेत र शहरी मतदाताको सोचसँग उनको शैली अत्यन्तै राम्रो पक्ष हो।
११) निर्वाचनको क्रममा घरदैलो र प्रत्यक्ष सम्पर्कमा रहन रुचाउने
सामाजिक सञ्जाल मात्र होइन, टोल-टोल पुगेर संवाद गर्ने रणनीति लागु गर्न सक्ने क्षमता निकै राम्रो छ।
१२) विपक्षी दलहरूमा मत विभाजनको सम्भावना,
प्रतिस्पर्धी दलबिच मत विभाजित हुँदा नेपाली काँग्रेसका उम्मेदवार प्रबल थापालाई अत्यधिक फाइदा पुग्ने सम्भावना रहेको छ ।
‘यो पटक केही फरक गरौँ’ भन्ने आम मतदाताहरूको मनोविज्ञान
काठमाडौँ क्षेत्र नं-१ मा परिवर्तनको चाहना बलियो छ, र त्यसको प्रतीक प्रबल थापा बनेका छन्।
















