ज्योति मिर्मिर सामुहिक साकोसले मनायो २७ औं वार्षिकोत्सव

काभ्रे । पनौतीमा मुख्य कार्यालय रहेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २७औँ वार्षिकोत्सव मनाएको छ। संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाले हालसम्म गरेको उपलब्धि, वर्तमान अवस्था तथा आगामी योजनाबारे सञ्चालक समिति, सल्लाहकार समिति, लेखा समिति, उपसमितिहरू र कर्मचारीलाई जानकारी गराएको थियो। संस्थाको हालसम्मको प्रगति र आगामी लक्ष्यको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले गराएका थिए । उनले सहकारी एकीकरण अभियान सुरु गर्दै ‘सदस्यलाई गर्भदेखि स्वर्गसम्मको सुविधा’ प्रदान गर्ने उद्देश्य लिएको र हालसम्म ऋण नतिरेकाका कारण कुनै पनि सदस्यको सम्पत्ति लिलाम गर्नु नपरेको भनाई छ । संस्थाले ऋणी सदस्यहरूको ऋण बीमा निःशुल्क गरिदिएको समेत उनले बताए। सदस्यको निधन भएमा बाँकी ऋण बीमाबाट असुल हुने व्यवस्था भएकाले खराब कर्जा शून्य रहेको उनले बताए।

संस्थामा २१ हजार ४६७ सदस्य र २ हजार १७४ बाल बचतकर्ता आवद्ध छन्। शेयर पूँजी १ अर्ब १४ करोड ५२ लाख ९ सय रुपैयाँ, कुल ऋण लगानी १ अर्ब २ करोड ४२ लाख ५२ हजार ९७३ रुपैयाँ र कुल निक्षेप १ अर्ब १४ करोड २९ लाख ५८ हजार ८१० रुपैयाँ रहेको छ । त्यस्तै साधारण जगेडा कोष ८ करोड ८५ लाख ३६ हजार ४७२ रुपैयाँ तथा कुल सम्पत्ति १ अर्ब ४१ करोड ९२ लाख ३३ हजार ३५० रुपैयाँ पुगेको प्रमुख कार्यकारी अधिकृत दाहालले जानकारी दिए। ८ वटा सेवा केन्द्र र ४३ जना कर्मचारीमार्फत सेवा दिइरहेको संस्थामा १५ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति रहेको छ । बालबालिका, महिला, युवा तथा जेष्ठ नागरिक लक्षित विविध कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले उद्यमशीलता तालिम, लघुवित्त समूह सशक्तीकरण, स्वास्थ्य परीक्षण, रक्तदान, वातावरण सरसफाइ, छात्रवृत्ति वितरण, मृत्युराहत ९२५ हजारदेखि १० लाख ५ हजारसम्म०, जटिल रोग उपचार सहयोग, दैवीप्रकोप राहत लगायतका सेवा प्रदान गर्दै आएको छ। स्थापना दिवसको अवसरमा संस्थाले गतशुक्रबार खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा करिब ७० जना सदस्यहरूको उपस्थिति रहेको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *