इराकमा कार्यरत १५० नेपालीलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । इराकको एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत १५० नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । एर्बिल अन्तर्राष्ट्रिय विमानस्थल इराकको कुर्दिस्तान क्षेत्रको एर्बिल सहरमा रहेको छ । अमेरिका,इजरायल र इरानबीचको युद्ध मध्यपूर्वमा फैलिएपछि एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपालीलाई सुरक्षित एक होटेलमा सारिएको हो । एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत १५० नेपालीलाई सो स्थानबाट उद्धार गरेर होटेलमा राखेको अवस्था छ,” परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले बताए । कुवेतस्थित नेपाली दूतावासले इराकलाई हेर्ने गर्छ । कतारको दोहामा रहेको नेपाली दूतावासले उक्त जानकारी परराष्ट्र मन्त्रालयलाई गराएको हो । इरानले युनाइटेड अरब इमिरेट्स, साउदी अरेबिया, कतार, कुवेत, बहराइन, ओमान, इराक, जोर्डन लगायतका देशमा रहेका अमेरिकी सैन्य वेशहरूमा आक्रमण गरेको छ । इरानी आक्रमणका कारण एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत १५० नेपाली असुरक्षित भएपछि उनीहरूलाई सुरक्षित होटेलमा राखिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *