सुर्खेत–१ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्का विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात मतको फरकले पराजित गरेका हुन् । निर्वाचन आयोगका अनुसार खड्काले २६ हजार ८९७ मत प्राप्त गर्दै विजयी भएका हुन् । शाहीले १८ हजार ८९० मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह ठकुरीले १४ हजार ७२९ मत प्राप्त गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *