हार्दिक आईभीएफको सेवामा चैत २४ सम्म विशेष सहुलियत, आईयूआई निःशुल्क

काठमाडौं । महिलाको सम्मान, शक्ति र सम्भावनालाई समर्पित गर्दै हार्दिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टरले नारी दिवसको अवसरमा आफ्नो सेवामा विशेष सहुलियत घोषणा गरेको छ । २४ फागुनदेखि २४ चैतसम्मको अवधिका लागि २ लाख ६८ हजार रुपैयाँमै आईभीएफ सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । ‘आमाबाबु बन्ने सपना केवल जैविक प्रक्रिया मात्र होइन, यो गहिरो भावनात्मक यात्रा पनि हो’ एक विज्ञप्तिमा कम्पनीले भनेको छ ‘धेरै दम्पतिका लागि सन्तान प्राप्तिको बाटो आशा, प्रतीक्षा र कहिलेकाहीँ मौन पीडाले भरिएको हुन्छ, यस्ता संवेदनशील क्षणहरूलाई बुझ्दै हार्दिक आईभीएफले विशेष पहल सार्वजनिक गरेको हो।’ नेपालमा बाँझोपन सम्बन्धी समस्या अझै पनि खुलेर छलफल नहुने विषय बनेको जनाउँदै संस्थाले समयसँगै सचेतना बढ्दै गएको उल्लेख गरेको छ । २४ चैतसम्म सञ्चालन हुने यस विशेष योजनाबाट सन्तानको आशा बोकेका दम्पतिलाई परामर्श लिएर अघि बढ्न आग्रह गरिएको छ ।
आईयूआई सेवा निःशुल्क प्रदान गरिने
साथै हार्दिक आईभीएफले सामान्यतया १५ हजार रुपैयाँ खर्च लाग्ने आईयूआई सेवा चैत २४ गतेसम्म पूर्ण रुपमा निःशुल्क गराइने जनाएको छ । नारी दिवसकै अवसर पारेर एक महिने विशेष सहुलियत ल्याइएको संस्थाले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *