पार्टी पुनर्निमाणमा जुटौं, बाटो हेरेर आक्रमण गर्ने काम विरोधीको हो – प्रवक्ता चालिसे

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी पुनर्निमाणमा जुट्न आग्रह गरेका छन् । निर्वाचन परिणामपछि इतर समूहले सभापति गगन थापाको राजीनामा मागिरहेका बेला उनले पार्टी पुनर्निमाणमा जुट्न आग्रह गरेका हुन् । ‘अबको समय पार्टी पुनर्निर्माणमा जुटौं,’ प्रवक्ता चालिसेले फेसबुकमार्फत् भनेका छन्, ‘बाटो हेरेर आक्रमण गर्ने काम त विरोधीहरूको हो ।’ फेरि पनि निर्वाचन हुने र आगामी निर्वाचनमा कांग्रेस विजयी हुने उनको भनाइ छ । ‘फेरि चुनाव आउनेछ, हामी झन् बलियो भएर जित्नेछौं,’ प्रवक्ता चालिसेले लेखेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुईतिहाइ जित निकाल्दा कांग्रेस निर्वाचनबाट विषम् परिस्थितिमा पनि जित्न सफल भएको आशय उनको छ । ‘एउटा चट्टानमाथिको रूखजस्तै नेपाली कांग्रेस यो आँधीमा पनि कम्तीमा उभिएको छ,’ चालिसेले भनेका छन्, ‘एउटा हारले नेपाली कांग्रेस कहिल्यै हार्ने छैन । रूखलाई मलिलो जमिनमा सार्ने र हुर्काउने काम हाम्रै हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *