रास्वपाबाट समानुपातिकका ५७ सिटमा को को परे ?

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फका ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ। आइतबार बसेको ‍रास्वपा केन्द्रीय सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरूषको नाम आयोगमा सिफारिस गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। जसअनुसार खसआर्य तर्फ १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना, थारू ४ जना गरी ५७ जनाको नाम आयोगमा बुझाउने निर्णय गरेको हो। रास्वपाको केन्द्रीय कार्यालयले जिम्मेवारी दिएर केही कर्मचारी र सचिवालय सदस्यहरूको नेतृत्वमा तोकिएको समयभित्र निर्वाचन आयोगमा नामावली बुझाइने प्रवक्ता झाले जानकारी दिए। निर्वाचन आयोगले समानुपातिक उम्मेदवार सिफारिस गर्न दलहरूलाई आइतबारसम्मको समय दिएको थियो। पार्टीले बुझाएको नाममा क्लस्टअनुसार नमिले आयोगले हेरफेर गर्न सक्ने राष्ट्रिय स्वतन्त्र पार्टीले जानकारी दिएको छ।

खस आर्यबाट

प्रतिभा रावल

रचना खतिवडा

लिमा अधिकारी

विदुषी राणा

समीक्षा बास्कोटा

श्रद्धा कुँवर

टीका संग्रौला

क्रान्तिशिखा धिताल

आकृति अवस्थी

सृष्टि भट्टराई

मञ्जु भुसाल

प्रभा कार्की

शोभा खनाल

रत्ना कुमारी थापा

ज्ञानु पौडेल

प्रभा ढकाल

रमेश प्रसाईँ

आदिवासी जनजातिबाट

बसुमाया तामाङ

गंगा छन्त्याल

सुम्निमा उदास

अनुष्का श्रेष्ठ

ओजस्वी शेरचन

सिर्जना श्रेष्ठ

रजनी श्रेष्ठ

कुसुम महर्जन

भूमिका श्रेष्ठ

प्रमीला कुलुजु

सुजाता तामाङ

कृपा महर्जन

एलिजा गुरूङ

राम लामा

खुश्बु सरकार श्रेष्ठ

मिङ्मा ग्याबु शेर्पा

मधेसीबाट

पुनमकुमारी अग्रवाल

निशा मेहता

ललिता कुमारी

अंकिता ठाकुर

सरिता महतो

सुनिता कुमारी चौधरी

कामिनी कुमारी

पुरूषोत्तम सुप्रभात यादव

खगेन्द्र कर्ण

दलितबाट

रीमा विश्वकर्मा

अमृता विक

सीता बादी

स्मृति सेन्चुरी

सुष्मा स्वर्णकार

तारा विश्वकर्मा

खिमा विक

प्रकाशचन्द्र परियार

थारूबाट

गीता चौधरी

करिस्मा कठरिया

सुरेन्द्र चौधरी

प्रेमलाल चौधरी

मुस्लिमबाट

समिना मिया

अफ्साना बानु

गलाजा शमीम मिकरानी

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *