खोटाङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना

काठमाडौं । खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकोप्टर दुर्घटना भएको हो । पाँचजना यात्रु बोकेर खोटाङ पुगेको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा दुर्घटनामा परेको हो । बिरामी बोकेर गएको हेलिकोप्टर बालाबेसीमा ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको एयर डानेस्टीले जनाएको छ ।

दुर्घटनामा एक यात्रु घाइते भएको र अन्य सकुशल रहेको एयर डाइनेस्टीले जनाएको छ । घाइतेको गोडा भाँचिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् । केपिलासगढी गाउँपालिका २ बालाबेसीमा ल्यान्ड गर्ने क्रममा दुर्घटना हुँदा एक जनाको गोडा भाँचिएको र अन्य सकुशल रहेको अवस्था छ, कँडेलले भनिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *