कांग्रेस बैठकमा महाधिवेशनबारे छलफल नहुने, दुई एजेन्डा तय

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनको मितिबारे छलफल नहुने भएको छ । सहमहामन्त्री उदय शमशेर राणाले शुक्रबारबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनबारे छलफल नहुने जानकारी दिए । ‘आजबाट सुरु हुने बैठकमा अधिवेशनबारे छलफल हुँदैन ।

पार्टी सभापतिको राजीनामाबारे छलफल र प्रतिनिधिसभा निर्वाचनबारे प्रारम्भिक समीक्षा गर्ने बैठकको एजेन्डा तय भएको छ,’ सहमहामन्त्री राणाले भने । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित हार व्यहोरेको कांग्रेसले शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । कांग्रेसभित्र केन्द्रीय कार्यसमिति बैठकबाट १५ औँ महाधिवेशनको कार्यतालिका आउने चर्चा रहे पनि यो बैठकमा त्यसबारे छलफल नहुने सहमहामन्त्री राणाले बताएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *