एमएडब्लू वृद्धिको मेगा एक्स्चेन्ज चैत १२ देखि १४ सम्म देशभर हुने

काठमाडौं । एमएडब्लू वृद्धिले आफ्ना ईभी ब्रान्ड दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेर नेपालकै सबैभन्दा ठूलो मेगा एक्स्चेन्ज कार्निभल आयोजना गर्ने भएको छ । १२ चैतदेखि १४ गतेसम्म देशैभर आयोजना हुने मेगा एक्स्चेन्ज कार्निभल डिजाइन र प्रविधिमा अब्बल ईभीमा अपग्रेड हुने सबैभन्दा उत्तम समय हुने एमएडब्लू वृद्धिले जनाएको छ । ‘मेगा एक्स्चेन्जमा ग्राहकले प्रत्यक्ष नगद बचत, पुराना गाडीको उच्चतम मूल्यांकन, उत्कृष्ट एक्स्चेन्ज बोनस, निःशुल्क बिमा तथा चार्जर प्याकेज र नेपालकै सबैभन्दा लामो एक्सटेन्डेड वारेन्टी जस्ता सुविधा प्राप्त गर्नेछन्’ कम्पनीले भनेको छ ।

नेपालमा दिगो यातायाततर्फको रुपान्तरण तीव्र बन्दै गइरहेको अवस्थामा नविन तथा ग्राहक केन्द्रित पहलमार्फत ईभीको स्वामित्वलाई सहज बनाउने कम्पनीले प्रतिबद्धता जनाएको छ । काठमाडौं उपत्यकामा यो कार्यक्रम ग्राहकको सहजताका लागि गैरीधारास्थित सिल्भरओक बैंक्वेट, ललितपुर पुल्चोकस्थित संस्कार फाइन एन्ड डाइन र भक्तपुर राधेराधेस्थित हेरिटेज प्लायलेसमा आयोजना गरिनेछ । उपत्यकाबाहिर भने यो कार्यक्रम दिपल, नामी तथा सेरेसका सम्बन्धित सोरुमहरुमा आयोजना हुनेछ । यी आकर्षक अफरहरुका अतिरिक्त कार्यक्रमा रोबोटिक सो, किड्स जोन, विभिन्न खेल तथा खानाको स्टलहरु जस्ता मनोरञ्जनात्मक गतिविधिहरु पनि समावेश गरिने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *