दाउन्ने खण्डमा ३ रात सवारी चलाउन रोक

काठमाडौं । नारायणघाट–बुटवल सडक खण्डमा आजबाट ३ रात सवारी चलाउन रोक लगाइएको छ । आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा रोकिने भएका छन् । आकस्मिक सेवाका सवारी साधन भने चल्न पाउने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *