नबिल बैंकद्धारा जनकपुरको मानव सेवा आश्रमलाई सेवा बाहन अटो हस्तान्तरण
काठमाडौं । नबिल बैंकद्धारा धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा बाहन अटो हस्तान्तरण गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले उक्त बाहन आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरे । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रमलाई सेवा बाहन हस्तान्तरण गरेको जनाएको छ । कार्यक्रममा आश्रमका अभिभावक पवन सिंघानियाले दैनिक कार्य गर्न कठिनाइ भइरहेको अवस्थामा बैंकबाट प्राप्त बाहनले थप सहज हुनेमा विश्वास व्यक्त गरे ।
बैंकका सीईओ ज्ञवालीले सडक आश्रित मानवहरुको उचित व्यस्थापनका लागि आश्रमले गरेको कार्य सराहनीय भएको बताए । उनले मानव जातिका सेवा र हितसँग जोडिएका हरेक काम गर्न नबिल बैंक सधैं तयार रहेको उल्लेख गरे । आश्रमका प्रमुख संस्थापक अधिकारीले सेवा बाहन को अभावमा जनकपुरमा रहेको आश्रममा दैनिक कार्य गर्न तथा लक्षित मानवहरुलाई सेवा दिन कठिन भइरहेको अनुभव सुनाए । यस्तो अवस्थामा नबिल बैंकद्वारा सहयोगस्वरुप प्राप्त सेवा बाहनबाट उक्त सेवालाई सहज र शीघ्र बनाउन सहयोग पुग्ने उनले बताए ।
















